भूइंया पुस्तक पढेपछि मेरो मनमा झट्टै उठेका तरङ्गहरू
भूइंया पुस्तक मलाई मन परेका पुस्तकहरूमध्यको एक हो । यस पुस्तकका लेखक लोकप्रिय नेपाली साहित्यकार यज्ञश हून् । उनले यस पुस्तकमा वर्षौदेखि कून्थित भएर बसेका आवाजहरूलाई प्रस्फूटित गराएका छन् । मुख्यगरी यो पुस्तक वास्तविक पात्रहरूको वास्तविक कथाहरूको एउटा सङ्ग्रह हो । यस पुस्तकमा नेपालको मधेसी भागमा रहेको सुकुम्बासी तथा दलित नेपालीहरुको दुःख, पीडा र सङ्घर्षलाई उतारिएको…