भूइंया पुस्तक पढेपछि मेरो मनमा झट्टै उठेका तरङ्गहरू

भूइंया पुस्तक मलाई मन परेका पुस्तकहरूमध्यको एक हो । यस पुस्तकका लेखक लोकप्रिय नेपाली साहित्यकार यज्ञश हून् । उनले यस पुस्तकमा वर्षौदेखि कून्थित भएर बसेका आवाजहरूलाई प्रस्फूटित गराएका छन् । मुख्यगरी यो पुस्तक वास्तविक पात्रहरूको वास्तविक कथाहरूको एउटा सङ्ग्रह हो । यस पुस्तकमा नेपालको मधेसी भागमा रहेको सुकुम्बासी तथा दलित नेपालीहरुको दुःख, पीडा र सङ्घर्षलाई उतारिएको छ ।

हामी  भन्छौं, नेपाल  विभिन्न जाति, भाषा,  वर्ण र संस्कृतिले सुसज्जित एक  फूलबारी  हो ।हामी भन्छौँ,  नेपालमा शान्ति का दुत गौतम बुद्ध जन्मिएका थिए । त्यसैले नेपाल शान्तिको देश हो ।हामी भन्छौँ,  नेपाल का पुर्खाहरूले आफ्नो देशको लागि इमानदारिपूर्वक लडेर नेपाली लाई वीर नेपाली भनेर चिनाए। यसमा  हामी गर्व गर्छौँ ।

हामी सबैले मान्छौँ किनकी हामी सबैको देश नेपाल हो तर के हामीले कहिल्यै सोच्ने गरेको छौँ?  कि यस्ता हामीले मान्ने कुरा को मुनि कसैको सङ्घर्ष, इच्छा, र आवाज देबिएर कुण्ठित भएको छ? के  साच्चिकै नेपाल शान्ति को देश हो त?

यस पुस्तकमा 10 भन्दा बढि कथाहरू छन्। सबै कथा एक अर्का संग थोरै मेल भएता पनि यिनीहरूको दुःखको कथा बेग्लै छ । यस पुस्तकले नेपाल को मधेसी भागमा रहेको कमैया तथा कमलरी प्रथालाई देखाइएको छ । त्यसैगरी सुकुम्बासी भएर बस्न बाध्य भएका जो साधारण  (खान बस्न पूग्ने ) जीवनको प्राप्तिको लागि सङ्घर्षशील छन् । उनीहरूको मार्मिक कुराहरूलाई प्रस्तुत गरिएको छ ।

सुकुम्बासी भन्नाले जसको कानुनी रुपमा बस्ने जग्गा जमिन छैन, त्यस्ता मानिसहरू भन्ने बुझिन्छ । नेपालमा धेरै ठाउँमा सुकुम्बासीहरू छन्  । के साच्चिकै नेपाल सानो भएकाले उनीहरुलाई बस्नका लागि जमिन नपूगेको हो त ? अवश्य होइन । यहाँका ठूला जात र धनी मानिनेहरूले गर्दा दलित तथा गरिबहरूले दुःख भोग्नुपरेको छ।  मधेसको जमीन त्यहाँका आदिवासीहरूको नाममा हुनुपर्ने तर पछि सरेर आएका ठूलाबडाहरूको नाममा सबै जमीन छ ।  अनि त्यहीका बासिन्दाहरू चाहि जिन्दगीभर कमैया कमलरी भएर बस्न बाध्य भएका  छन् ।  यस्ता पीडित व्यक्तिहरूले जतिसुकै आन्दोलन, सङ्घर्ष गरेपनि सरकारले एक ठाउँबाट लग्ने र अर्को फेरि त्यस्तै खोलाको किनारमा लगेर राखिदिने, विभिन्न निर्वाचनको बेला भोटका लागि आश्वासन दिने बाहेक अहिलेसम्म केही गर्न सकेको छैन । नेपाली नागरिक भएको नाताले उनीहरुले कम्तीमा पनि बस्न मिल्ने जमीन पाउनुपर्ने तर सरकारले उनीहरुको माग, चिच्याहट, आवाजलाई नसुने झै गरिरहेको छ  । उनीहरुको मागलाई कुनै कार्यलयको डस्टबिनमा फालेर ठूलै हावा आएनि नहल्लाउने गरी बन्द  गरिएको छ । के यही गरिबहरूको भोग, चिच्याहट, पसिना, परिश्रम लाई चुप राख्नका लागि शान्तिको देश भनिएको त होइन ?

हाम्रो देश विविधताले भरिएको एक फूलबारी हो । किनकि यो फूलबारीमा पनि कुनै मेसेज बक्समा झै डस्टबिन अप्सन राखिएको छ । जस्तै कि मरेको सिनो षार्कीलाई, फलाम कुद्न परेमा कामी, आदि । किनकी त्यो फूलबारीमा ठूलो फूलले सानो फूललाई जे पनि गर्न सक्ने अधिकार छ। सानो फूलबाट निस्केको मुनालाई भित्रै दबाएर राख्ने अधिकार छ । सानो फूलको दुःख, पीडा, सङ्घर्ष लाई भित्रै दबाएर राखिन्छ । कतै यो सुन्दर फूलबारी शब्द पनि सानो फूललाई दबाउने एक हानिकारक पात हो कि ?

हाम्रो देश वीर नेपालीहरुको देश हो । यो हामी सबैलाई थाहा छ र हामी सबै यसमा गर्व गर्छौ तर के हामीले खाली वीर नेपाली भन्दै मात्र बस्ने ?  के गरिबहरूलाई वीर नेपाली भनाउदै खोलाको किनारमा बसाउने ? के गरिबहरूले मरेको सिनो खानुपर्ने ?  के गरिबहरूले सधै कमैया वा कमलरी हुनुपर्ने ?  

Similar Posts

  • 4 Nepali Books that You Should Read

    1. Kanchha Maharani (कान्छा महारानी) ‘Kanchha Maharani’ is the Nepali translation of the book ‘The Other Queen’. It is written by Shiwa Shaha and translated into Nepali by Shaguna Shaha. In this novel, the writer has portrayed the dark history of Nepal. Especially, it shows that how Rana Regime of 104 years was born. Although…

  • “THE SECRET”

    Hey friends!  I think the first time I got the book ‘The Secret’ was about 5 years ago. But back then, I barely made it past two or three pages before setting it aside. It just didn’t click. Fast forward to about five months ago—I was looking for a book to read in my little room library,…

  • The Fifth Mountain

    The Fifth Mountain is a novel written by the popular Brazilian author Paulo Coelho. It is one of his best-selling books. This story is about history and mythology and also includes themes of love and spirit. The novel tells about the journey and struggles of the Israelite prophet Elijah. As a child, Elijah used to…

  • The Alchemist

    The Alchemist is a novel written by the popular Brazilian author Paulo Coelho. It is one of his best-selling books. The story is inspirational and wonderful. Paulo Coelho writes about the journey of a boy from Spain to Egypt who is searching for his destiny. The novel also touches on mystery, spirit, and nature. The…

  • The Pale Horse

    Unknown list of 9 names was shoved onto the shoe:- The Pale Horse is a wonderful and suspenseful book written by the famous author Agatha Christie. It is a detective fiction story with a mysterious plot. The main character is Mark Easterbrook, a writer and amateur detective, who tries to uncover the truth behind a…

Leave a Reply

Your email address will not be published. Required fields are marked *